कोभिड उपचार अबदेखि सरकारी अस्पतालहरुमा मात्रै

काठमाडौं– अबदेखि सरकारी अस्पतालहरुमा मात्रै कोभिड १९ को उपचार हुने भएको छ । यसअघि सरकारले सरकारी अस्पताल तथा मेडिकल कलेज अस्पतालहरुलाई कोभिड १९ उपचारका लागी भनी तोकेको थियो ।

कोभिड १९ को उपचारका लागि तोकिएका मेडिकल कलेजहरुमा बुधबारसम्म भर्ना भई उपचाररत संक्रमितहरुको अबको १० दिनसम्मको मात्रै शोधभर्ना उपलब्ध गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी सरकारी प्रयोगशालाहरुमा कोभिड १९ पिसीआर परीक्षणको शुल्क समायोजन गरी प्रति परिक्षण १ हजार रुपयाँ कायम गरिएको छ ।

नेपालमा गएको २४ घण्टामा थप १ शय ३४ जनामा संक्रमण पुष्टि भएको छ । जम्मा ३५ शय ६७ पिसीआर परीक्षण भएकोमा ६३ जना महिला र ७१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो पटक थप १ शय १८ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी कोभिड(१९ को संक्रमण भएर पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमणमुक्त हुने दर ९८।६ प्रतिशत पुगेको मन्त्रालयको तथ्याङ्क छ । हाल देशभर १७ शय ५३ जना सक्रिय सक्रमित रहेको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.