अमेरिकाद्वारा म्यान्मारमा ‘कू’ गर्ने सैनिक नेताहरुमाथि प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारमा कू गर्ने सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिबन्ध सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुने जनाइएको छ ।

अमेरिकामा रहेको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोक्ने सम्बन्धमा पनि काम अघि बढाइएको छ । सैनिक कू विरुद्ध भएका प्रदर्शनका क्रममा गोली लागेर घाइते भएकी महिला राजधानी नापित्व‌स्थित एक अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले पछिल्लो कदम चालेको हो ।

प्रदर्शनकारीहरूलाई तितर बितर पार्न सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका छन् ।

म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.