ट्रम्पलाई महाअभियोग लगाउने प्रस्तावमा छलफल जारी

डेमोक्र्याटिक सांसदहरुले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटलमा दंगा भड्काएको पुष्टि भएको बताउँदै ट्रम्पलाई महाअभियोग लगाउनै पर्ने तर्क पेस गरेका छन् ।

पूर्व राष्ट्रपति ट्रम्पलाई महाअभियोग नलगाए पुनः यस्तै गल्ती दोहोर्‍याउने भन्दै डेमोक्र्याटहरुले सचेत गराएका हुन् ।

पछिल्लो बहसमा महाभियोग अभियोजकहरूले ट्रम्पलाई हिंसासँग जोड्दै यसको असर दीर्घकालसम्म पर्ने बताएका छन् ।

डेमोक्र्याटहरुले प्रहरी, कर्मचारी, गुप्तचर निकायका अधिकारी र विदेशी मिडियाबाट पनि उनीहरूको मुद्दाको बारेमा जानकारी प्रस्तुत गरेका छन् ।

पूर्व राष्ट्रपति ट्रम्पको रक्षात्मक टोलीले आजै सिनेटमा डेमोक्र्याटहरुले प्रस्तुत गरेको तर्कका सम्बन्धमा जवाफ पेश गर्ने कार्यक्रम छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.