प्रधानमन्त्री–थाई राजदुत भेटः ‘बौद्धतिर्थस्थलले जुटाएका अवसरहरूलाई प्रयोग गरौं’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाईल्याण्डका राजदूत भोषित भोरासाफले प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।

शुक्रबार बिहान भएको भेटमा प्रधानमन्त्री र राजदुतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो ।

भेटमा प्रधानमन्त्रीले राजदुत भोरासाफको सफल कार्यकालका लगि शुभेच्छा व्यक्त गर्दै यसै अवधिमा दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तिर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणासमेत राख्नुभएको थियो ।

प्रधानमन्त्रीले दुई देशबीच कुटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि यि दुईको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको समेत उल्लेख गनुभयो । यस सम्बन्धलाई थप उचाई दिन नयाँ सम्भावनाहरु पहिल्याउनु पर्र्ने धारणासमेत उहाँले राख्नुभयो ।

भेटका क्रममा राजदुत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सिधा हवाई सम्बन्ध जा्ेड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.