भारतले विश्व समूदायलाई दियो दुई करोड २९ लाखभन्दा बढी खोप

नयाँ दिल्ली– कोरोना भाइरस विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ ।
भारतको विदेश मामिला मन्त्रालयले दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप दिएको हो । विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको विदेश मामिला मन्त्रालयको भनाइ छ । बाँकी एक करोड ६५ लाख खोप भारतले बिक्री गरेको हो । माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा खोप उपलब्ध गराउने योजना भारतले बनाएको छ । भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्धिपमा रहेका मुलुकहरुलाई खोप प्रदान गर्न चाहेको जनाएको छ । भारतमा दुई वटा खोपको उत्पादन भइरहेका छन् ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको ‘कोभ्याक्सिन’ भारतमा उत्पादन भई वितरण भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्