ओली नेतृत्वको नेकपाकै बहुमत आउने पौडेलको भनाइ

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले केपी ओली नेतृत्वको नेकपाले नै अबको चुनावमा बहुमत आउने विश्वास व्यक्त गर्नुभएको छ ।

बुटवलमा शनिबार भएको नेकपाको सभालाई सम्बोधन गर्दै पौडेलले आगामी चुनावबाट ओली नेतृत्वको नेकपाले बहुमत ल्याएर छोड्ने बताउनुभयो । ‘केपी ओलीले थप एउटा कार्यकाल प्रधानमन्त्री भएर मुलुकलाई विकास र समाजवादतर्फ लैजानु हुनेछ,’ उहाँले भन्नुभयो ।

पौडेलले नेकपाको वैधानिकता र चुनावचिन्ह ओलीले नेतृत्व गरेको पार्टीसँग रहने उल्लेख गर्नुभयो । ‘आफ्नो हातमा रहेको सूर्य चिन्ह आत्मविश्वासपूर्वक फहराउनुस,’ उहाँले भन्नुभयो ।

पौडेलले नेकपा विभाजन नभएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.