सौराहामा विशेष छुटसहित फुड फेष्टिवल सुरु

चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा १५ औं संस्करणको सौराहा फुड फेष्टिवल सुरु भएको छ । कोराना भाईरस विरुद्ध उच्च स्वास्थ्य सर्तकता अपनाउँदै रेस्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा हिजोदेखि सुरु भएको हो ।

सौराहामा पहिलोपटक हात्ती चोकदेखि गैडाचोकसम्मको क्षेत्रलाई दुलही झैं सिंगारिएको छ भने पहिलो पटक हात्तीचोकमा सौराहाको पहिचान दिने “अ लव” सौराहा नामक सेल्फी पाईन्ट समेत राखिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

तीनदिनसम्म सञ्चालन हुने फेष्टिवलमा यसपटक स्थानीय खानाका परिकारसगैँ मौलिक जनजातिका संस्कृतिक झाँकी विशेष रहने खतिवडाको भनाई छ ।

यस अघिका फुड फेष्टिफल सिसुवारमा रहेको खाली चौरमा हुने गरेकोमा अहिलेको फुड फेष्टिवल भने सौराहाको मुल सडकमा नै गर्न लागिएको हो । यसपालीको सौराहा फुड फेष्टिवल सडकमै भएपनि परिवारसँगै आएर रमाउन सबैलाई आग्रह पनि गरिएको छ ।

यस फुड फेष्टिबलको अवसरमा सौराहामा विशेष छुट समेत घोषण गरेको रेवान सौराहाका कोषाध्यक्ष शम्भु मालीले जानकारी दिनुभयो । विगतमा भन्दा यो पटक पर्यटकहरुको सहजताका लागि २० देखि ३० प्रतिशतसम्म छुट समेत दिन व्यवसायीहरु एकमत भएको बताइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.