बिदेशबाट फर्केर खोले साग खेती

स्याङ्जा- पछिल्लो समय कृषि पेशातर्फ  महिलाको आकर्षण बढ्न थालेको छ । बैदेशिक रोजगारबाट स्वदेश फर्केर खोले साग खेती गर्नुभएकी पुतलीबजार नगरपालिकाकी राधिका खड्का यतिखेर गाउँमा प्रेरणाको स्रोत बन्नुभएको छ ।

२९ वर्षीया राधिका खड्काको मुहारमा हाँसो छाएको ७ वर्ष भयो ।

बैदेशिक रोजगारीबाट फर्केर खड्काले गर्नुभएको व्यवसायिक खोले सागको खेतीले खड्कालाई मात्र होइन छिमेकी महिलाहरुलाई पनि उत्साहित बनाएको छ ।

७ वर्षदेखि खड्काले पुतलीबजार नगरपालिका वाडखोलामा ९ रोपनी जग्गा बन्दकीमा लिएर व्यवसायिक खोले सागको खेती गर्नुभएको हो ।

अहिले खोले साग खरिद गर्ने व्यवसायी खेतमा नै आउने गरेका छन् ।

कुनै बेला डोकोमा बोकेर बजार खोज्नुपर्ने समस्याको अहिले अन्त्य भएको छ ।

यहाँबाट उत्पादन भएको खोले साग पोखराको तारे होटलमा पर्यटकको रोजाइ बनेको छ । बिदेशमा भन्दा स्वदेशमै सन्तुष्ट रहेको र मासिक ६० हजार बचत भएको खड्काको भनाइ छ ।

अहिले खोले सागका पारखीहरु बढ्न थालेसँगै पोखराका व्यवसायी खेतमा आउने, आँफै काट्ने र खरिद गर्ने गरेका छन् । एक मुठा सागलाई  ४० देखि ५० रुपैँयासम्म तिर्ने गरेका छन ।

अहिले पुतलिबजार भित्र खोले सागको व्यवसायिक खेती गर्ने कृषकको संख्या बढ्न थालेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.