राष्ट्रपतिद्वारा हनुमानढोकामा वसन्त श्रवण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज हनुमानढोकास्थित नासलचोक पुगी परम्पराअनुसार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बिहान १० बजेर १७ मिनेटको शुभ साइतमा वसन्त श्रवण गर्नुभएको हो ।

वसन्त श्रवणपश्चात् राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गर्नुभयो ।त्यसवखत राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा,मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

वसन्त पञ्चमीका दिन हरेक वर्ष राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.