२४ घण्टामा १०५ जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप १०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३२६० जनाको गरिएको पीसीआर परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६९ हजार ३ सय ३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा मृत्यु शुन्य रहेको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २०५५ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३७, भक्तपुरमा ४ र ललितपुरमा ६ जना संक्रमित थपिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.