सर्वोच्च अदालतको फैसला सामान्यः प्रधानमन्त्री

'अदालतको फैसलापछि लड्डु खाएर खुसियाली साट्नुपर्ने कारण छैन'

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको बताउनुभएको छ ।

काठमाडौंमा बुधबार नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसला सामान्य भएको भन्दै आफूलाई कुनै असर नगर्ने उल्लेख गर्नुभयो । ‘यो सामान्य कुरा हो,’ उहाँले भन्नुभयो, ‘अहिलेको सरकार छ । सरकार रहन्छ । विकासको कुरा अगाडि बढिरहेको छ । अगाडि बढ्छ ।’

प्रधानमन्त्रीले अदालतको फैसलापछि केही नेताहरुले लड्डु खाएको प्रसंग उल्लेख गर्दै त्यस्तो खुसियाली साट्नुपर्ने कारण नभएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.