सञ्चारकर्मीलाई ‘कोभिड–१९ छात्रवृत्ति’
काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पोलिगन कलेजले स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्न चाहने सञ्चारकर्मीका लागि ‘कोभिड–१९ छात्रवृत्ति’ घोषणा गरेको छ ।
कोभिडका समयमा धेरै सञ्चारकर्मीले रोजगारी गुमाउनु परेको र आयमा कटौती भएकाले उनीहरु अध्ययन गर्ने चाहनाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति घोषणा गरिएको कलेजका प्रिन्सिपल अविरल थापाले जानकारी दिनुभयो । अध्ययन गर्न चाहने सबैलाई ५० प्रतिशत र शुन्य आय भएका र पिछडिएका समुदाय वा वर्गकालाई समस्या पहिचान गरी शतप्रतिशतसम्म छात्रवृत्ति दिइने उहाँले जानकारी दिनुभयो । महिला सञ्चारकर्मीको पढाइमा अझ स्तरोन्नति होस् र पढ्नेको सङ्ख्या पनि बढोस् भन्ने हेतुले विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
सो कलेजले सन् २०१० देखि स्नातकोत्तरमा तथा आगामी शैक्षिकसत्रदेखि स्नातक र पोष्ट ग्र्याजुएट डिप्लोमा कोर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्