कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने

काठमाडौं– कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म भावी सरकारको बारेमा अहिले कुनै पनि धारणा नबनाउने निष्कर्ष निकालेको नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

नेकपा आधिकारिकता विवाद टुंगिएको छैन ।

नेकपाका दुवै समूहले साथ खोजिरहेकाबेला कांग्रेसले तटस्थ नीति लिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.