नेपालमा विकासोन्मुख मुलुकमा स्तरोन्नती गर्न सिफारिस
काठमाडौं– नेपाललाई अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकको सूचीमा समावेश गर्न संयुक्त राष्ट्र संघले सिफारिस गरेको छ ।
संघको विकास नीति सम्बन्धी समितिले नेपालका साथै बंग्लादेश र जनगणतन्त्र लाओलाई समेत सो सूचीमा समावेस गर्न सिफारिस गरेको संयुक्त राष्ट्र संघकालागि नेपालको स्थायी नियोगका प्रमुख अमृतबहादुर राईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बेग्लाबेग्लै समयमा तीन पटक गरिएको मुल्याङ्कनका आधारमा नेपाल सन् २०२६ देखि लागू हुनेगरी सो सूचीमा समावेश हुन लागेको हो ।
प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूची तथा आर्थिक र वातावरणीय जोखिम सूची मध्ये पछिल्लो दुई वटा सूचीमा नेपालको अवस्था राम्रो देखिएका कारण नेपाललाई स्तरोन्नति गर्ने निर्णय गरिएको हो । समितिको सिफारिसलाई संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले स्वीकृति दिएपछि यसै वर्षको संयुक्त राष्ट्र संघको महासभाले त्यसलाई अनुमोदन गर्नुपर्ने छ ।
कोभिड १९ का कारण नेपाल सरकारले थप समय मागेपछि तयारीका लागि ५ वर्षको समय दिइएको छ ।
यसअघि २०७२ सालको भूकम्पका कारण नेपालले नै सो सस्चीमा नराख्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्