नेप्सेमा करिव ८० अंकको गिरावट

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ८० अंक घटेर २५०० विन्दुभन्दा तल झरेको छ।

कारोबारको अघिल्लो दिन अर्थात गत बिहीबार २५५४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन ७९.७४ अंक अर्थात ३.१२ प्रतिशत घटेर २४७४.३९ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन सेन्सेटिभ इण्डेक्स १४.५३ अंक घटेर ४४७.२९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ५.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६८ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ।
गत साताको अन्तिम कारोबार दिन ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.