भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टलाई कोरोनाको खोप
नयाँ दिल्ली- भारतका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका देशकाउच्चपदाधिकारीहरूले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ ।
उहाँहरुले सोमबार पहिलो चरणको खोप लगाउँदै आम नागरिकलाई पनि खोप लगाउन आह्वान समेत गर्नुभएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको ‘इन्डियन इन्स्ष्टिच्युट अफ मेडिकल साइन्स (एआइआइएमएस) मा गएर खोप लगाउनु भएको हो ।
उहाँले आफुले खोप लगाएको फोटो सोमबार सामाजिक सञ्जालहरुमा पनि राख्नुभएको छ ।
“मैले आज कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएको छु, चिकित्सक तथा वैज्ञानिकहरुको सिफारिसका आधारमा मैले खोप लगाएको हुँ, विश्वव्यापी महामारीका विरुद्धमा लड्न यसले सवैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु,” उहाँले भन्नुभएको छ ।
उहाँले आफुले खोप प्रतिको विश्वास भएकाले खोप लगाएको उल्लेख गर्दै आम नागरिकलाई पनि खोप लगाउन समेत आह्वान गर्नुभयो ।
भारतमा गत जनवरी १६ देखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको भएपनि प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीले भने सोमबार मात्रै लगाउनुभएको हो ।
सोमबार प्रधानमन्त्री मोदीसँगै उपराष्ट्रपति, मन्त्री, न्यायाधीशहरूलगायतका धेरै उच्चपदस्थ पदाधिकारीहरूले खोप लगाउनु भएको हो ।
प्रतिक्रिया राख्नुहोस्