काँग्रेस र जसपासँग छलफल गरेर मात्र अविश्वास प्रस्ताव आउँछ : नेता नेपाल

बिराटनगर- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवम् भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सरसल्लाह गरेर मात्र प्रधानमन्त्रीविरुद्द अविश्वास प्रस्ताव ल्याउने बताउनु भएको छ ।

प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले संसद विघटनविरुद्ध आन्दोलनरत पार्टीहरु एक ठाँउमा उभिएर संयुक्त सरकार गठन गर्ने आफ्नो धारणा सुनाउनुभयो ।

उहाँले प्रधानमन्त्रीविरुद्द अविश्वासको प्रस्ताव ल्याउने बारे विभिन्न राजनीतिक पार्टीबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

नेता नेपालले निर्वाचन आयोगका कारण अहिले अन्यौल रहेकाले छिटो भन्दा छिटो नेकपाको विवाद टुङ्ग्याउन आग्रह  पनि गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.