चितवनमा हात्ती स्वास्थ्य शिविर संचालन
चितवन- चितवनमा रहेका घर पालुवा हात्तीहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिने उदेश्यले चितवनको सौरहामा हात्ती स्वास्थ्य शिविर शुरु भएको छ ।
शिविरमा चितवन राष्ट्रिय निकुञ्ज र निजी रुपमा पालिएका हात्तीहरुको स्वास्थ्य परीक्षण गरीने अधिकारीहरुले बताएका छन् ।
चितवनमा यस आर्थिक बर्षमा ६ वटा हात्ती मरेपछि हात्तीको स्वास्थ्य परीक्षण शुरु गरेको हो ।
शिविरमा हात्तीलाई जुकाको औषधिदेखि रगत परीक्षण र हात्तीको नङ्गको पनि उचार गरिने चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ पशु चिकित्सक बिजयकुमार श्रेष्ठले बताउनु भयो ।
चितवनमा मरेका हात्तीमध्य केहीमा क्षयरोग देखिएपछि शिविरबाट हात्तीहरुको बर्तमान अबस्थाबारे जानकारी हुने उहाँले बताउनुभयो ।
घरपालुवा हात्तीहरुमा खास गरेर २ प्रकारको स्वास्थ्य समस्या देखिने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक अमिर सडौलाले बताउनुभयो ।
एउटा हात्तीको स्वास्थ्य परीक्षण गर्दा करीब १५ हजारको हाराहारीमा खर्च हुने गरेको कारण हात्तीको उपचार पद्धति बढी खर्चिले हुने उहाँले भनाइ थियो ।
हात्तीको स्वास्थ्य शिविर सन् २०१५ पछि अहिले भएको र हात्तीको स्वास्थ्य परीक्षणले हात्तीको अबस्थाबारे थाहा हुने राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेले बताउनुभयो ।
शिविरमा चितवन राष्ट्रिय निकुञ्ज र निजी १ सय १६ वटा हात्तीको स्वास्थ्य परीक्षण गरिने छ ।।
प्रतिक्रिया राख्नुहोस्