सरकार र विप्लव समूहबीच वार्ता
वार्ता सकारात्मक- भट्टराई
काठमाडौं- नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाबीच आज विहान वार्ता भएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको सरकारी वार्ता टोली र विप्लव समूहबाट प्रकाण्डले नेतृत्व गर्नुभएको वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज काठमाडौंमा भएको हो ।
सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले आज ट्वीट गर्दै वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको जानकारी गराउनुभएको छ ।
सरकारले हिजो मात्र वार्ता टोली गठन गरेको थियो । यसको लगत्तै विप्लव समूहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।।
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु । pic.twitter.com/eW8jmNN4kG
— Rajan Bhattarai (@Rajanktm) March 3, 2021
प्रतिक्रिया राख्नुहोस्