सांसद र संसद कर्मचारीलाई कोरोना खोप

काठमाडौं– कोरोना विरुद्धको खोप अभियानमा आज संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा, राष्ट्रियसभा र सचिवालय मातहतका पदाधिकारी, मन्त्री र कर्मचारीलाई खोप लगाइएको छ ।

यस अभियान अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले आजै खोप लगाउनु भयो । खोप लगाइसकेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले खोपको सुरक्षा र प्रभावकारिता परीक्षण भइसकेकाले ढुक्क भएर खोप लागाउन आग्रह समेत गर्नुभएको छ ।

यसैगरी नेकपा प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिभिल अस्पताल पुगी खोप लगाउनु भएको छ । त्यस वखत अध्यक्ष प्रचण्डले खोपको विकास र उपलव्धता ठूलो उपलव्धी भएको वताउनु भयो ।

यसैगरी प्रचण्ड(नेपाल समूहका अर्का नेता माधव कुमार नेपालले पनि आजै कोरोना विरुद्धको खोप लगाउनुभो । मन्त्री त्रिपाठीले पनि आजै कोरोना विरुद्धको खोप लगाउनुभयो । प्रतिनिधिसभाको फागुन २३ गते बस्ने बैठकलाई लक्षित गरी फागुन १९, २० र २१ गते खोप अभियान सञ्चालन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.