कांग्रेसले भन्यो– उचित समयमा उचित निर्णय

प्रतिनिधिसभा बैठकमा संसदभित्र सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ, त्यसलाई समीक्षा गरेर पार्टीले उचित निर्णय लिन्छ : कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाण

काठमाडौं– नेपाली कांग्रेसले मुलुकको वर्तमान समसामयिक राजनीतिक विषयमा उचित समयमा उचित निर्णय लिने जनाएको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सांसदका धारणाअनुसार पार्टीले संसद्लाई नियमितरुपमा सञ्चालन गर्न, राजनीतिक समस्यालाई निकास दिन र संविधानलाई बलियो बनाउन उचित निर्णय लिने निष्कर्ष निकालेको हो । आइतबार २३ गतेदेखि सुरु हुन लागेको प्रतिनिधिसभा बैठकमा संसदभित्र सत्ता पक्ष कसरी प्रस्तुत हुन्छ, त्यसलाई समीक्षा गरेर पार्टीले उचित निर्णय लिने कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । नेपाली कांग्रेस र अन्य दलबीचको सहकार्यका बारेमा सोधिएको एक जिज्ञासामा उहाँले कांग्रेसले जनचाहना र लोकतान्त्रिक मूल्यमान्यताको सम्बर्द्धनलाई महत्व दिने बताउनुभयो ।

कांग्रेस बैठकले आम नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्थालाई थप प्रभावकारी बनाउन, कोरोना भाइरसको सङ्क्रमणदेखि नै बन्द रहेका सीमा नाका पूर्णरुपमा खुलाउन पनि माग गरेको प्रमुख सचेतक खाणले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.