धादिङमा सवारी दुर्घटना हुँदा १९ जना घाइते, रोल्पाको दुर्घटनामा १ को मृत्यु

धादिङ- गएराति धादिङको पृथ्वी राजमार्ग खण्डमा भएको सवारी दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।

काठमाण्डौँबाट गौरतर्फ जाँदै गरेको प्रदेश ३- ०१- ०००६ ख १२४९ को बस आफै अनियन्त्रित भई गजुरी गाउँपालिकास्थित फुर्के खोला नजिकै सडकमा पल्टँदा वसमा सवार यात्रुहरु घाइते भएका हुन् ।

घाइतेमध्ये दश जनालाई काठमाण्डौँका विभिन्न अस्पतालहरुमा पठाइएको छ भने अन्य नौ जनाको गजुरीस्थित अस्पतामा उपचार भइरहेको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेकोले काठमाण्डौँमा थप उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाकारी दिएको छ ।

यसैगरी, रोल्पाको रुन्टिगढी गाउँपालिका–६ गातिममा गएराती ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

सोही वडाको खाराबाट गातिम जादै गरेको ना ७ त ६४०० नम्बरको ट्रयाक्टर दुर्घटना हुदा सोही ठाउँका ३१ वर्षका खगेन्द्र रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक थबाङ गाउँपालिका–३ मिरुलका २० वर्षका तुफान भन्ने बलप्रसाद बुढामगर भने सकुशल रहेको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय होलेरीका इन्स्पेक्टर शंकर खड्काले जानकारी दिनुभयो ।

मध्यरातमा मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.