धादिङको धुनीबेशीमा प्राविधिक स्कुल संचालनमा

धादिङ- धादिङको धुनीबेशीस्थित ढकाल खोलामा शिपमुलक जनशक्ति उत्पादनका लागि जर्मन प्राविधिक स्कुल संचालनमा आएको छ ।

मुलुकलाई उर्जा क्षेत्रमा आत्मनिर्भर बन्नका लागि विभिन्न स्थानहरुमा साना ठुला जलविद्युत आयोजनाहरु शुरु हुँदै गर्दा नेपालमा यस क्षेत्रको दक्ष जनशक्ति अभाव पूर्तिका लागि विद्यालय सुरुवात भएको हो ।

विषेशगरी जलविद्युतको क्षेत्रमा आवश्यक जनशक्ति नेपालमा नभएकोले गर्दा त्यस्ता जनशक्ति उत्पादनका लागि उक्त विद्यालय संञ्चालन गरिएको हो ।

कोरोना महामारीपछि बैदेशिक रोजगारीमा गई फर्केकाहरुका लागि प्राविधिक शिक्षा दिई नेपालमा नै रोजगारीको अवसर दिने लक्ष्यका साथ विद्यालय सञ्चालनमा ल्याइएको विद्यालय सञ्चालकहरु बताउँछन ।

जर्मन सरकारको सहयोग र शेषकान्त फाउण्डेशन नामक एक संस्थाको समन्वयमा निर्माण सम्पन्न भएको प्रविधिक स्कुलमा अहिले बेरोजगार युवाहरुलाई सिप सिकाई दक्ष बनाउने काम भइरहेको छ ।

जर्मनीस्थित जर्मन टेक्निकल स्कुलबाट ल्याइएको प्रविधिलाई पूर्ण रुपमा नेपाली युवाहरुमा ज्ञान र सिप सिकाउने उदेश्यका साथ विद्यालय सुरु गरेको हो ।

सिप मुलक विद्यालयका लागि १४ करोड मुल्य बरावरको आवाश्यक उपकरण जर्मन रहेका विभिन्न संघसंस्थाले शेषकान्त फाउण्डेसनलाई सहयोग गरेको छ ।

जर्मनी सरकारले नेपालमा प्राविधिक शिक्षाको विकासका लागि विभिन्न सहयोग गर्दै आएमा हाल आएर विद्यालय नै खोलि दिएको हो । स्कुलमा अहिले मेटल वर्कशप र हाइड्रो पावर सम्वन्धि दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि कक्षा समेत संचालन सुरु गरिसकेको छ ।

विद्यार्थीहरुका लागि निशुल्क शिक्षा दिइने सहयोग संस्थाले जानाकारी दिएको छ । स्कुलमा युवालाई ४ देखि १२ महिना लामो पाठ्यक्रम पढाइनेछ ।

नेपाल सरकारसँगको सहकार्यमा तीन वर्षे डिप्लोमा कोर्ष पनि स्कुलले सञ्चालन गर्ने जानकारी दिइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.