सडक सुधारको माग गर्दै स्थानीयद्वारा सहिदमार्ग अवरुद्ध
![](https://nepaltvonline.com/wp-content/uploads/2021/03/Rolpa_sahid-marga.jpg)
रोल्पा- सिमेन्ट उद्योगको टिप्परले सडक विग्रिएको भन्दै स्थानीयले सडक सुधारको माग गर्दै आज सहिदमार्गको घोराही–होलेरी खण्ड अवरुद्ध पारेका छन् ।
सडक सुधारको माग गर्दै संघर्ष समिति नै बनाएर केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयले आज सडक ठप्प पारेका हुन् ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–५ नयाँगाउँबाट दाङमा रहेको सिमेन्ट उद्योगका लागि सहिदमार्ग हुँदै दैनिक सयौं टिप्परहरूले चुनढुंगा ढुवानी गर्ने गर्दछन् ।
टिप्पर गुड्नका लागि वैकल्पिक सडकको व्यवस्था गर्नुपर्ने माग यसअघिदेखि नै गर्दै आएको भएता पनि सुनुवाइ नहुदा आन्दोलन गर्नुपरेको सहिदमार्ग सडक सुधार संघर्ष समितिका संयोजक नन्दराम खड्काले बताउनुभयो ।
अन्य सवारीसाधनका लागि एक दिन बन्द गरिएको भएता पनि टिप्परको हकमा भने अर्को विकल्प नहुँदासम्म अवरुद्ध गर्ने पनि संघर्ष समितिले जनाएको छ ।
शान्तिपूर्ण ढंगले माग राख्दा कुनै पनि सुनुवाई नहुँदा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न सडक बन्द गर्नु परेको संघर्ष समितिका संयोजक खड्काको भनाइ छ ।।
प्रतिक्रिया राख्नुहोस्