सर्वोच्चको फैसलामा नेताहरु पुनरावलोकनमा जाने सम्भावना छैन : अधिवक्ता भण्डारी
काठमाडौं– अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्चको फैसलामा नेताहरु पुनरावलोकनमा जाने सम्भावना आफूले नदेखेको बताउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले मुलुक राजनीतिक असफलतातर्फ गयो, यो गर्न नेकपा नेताहरु जिम्मेवार छन् । मुलुकमा अब सफलतातर्फ जानको लागि नेकपाको विकल्प चाहिन्छ ।’
भण्डारीले सर्वोच्चको आइतबारको फैसलामा पुनरावलोकन हुनसक्छ कि सक्दैन् ? भन्ने कुरामा आफूले नेकपा पुनरावलोकनमा जाने सम्भावना नदेखेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा पुनरावलोकनमा जाँदैन होला। ओलीले हिजै निर्णय मान्छु भन्नुभएको छ । उहाँ रिभ्युमा जानुहुन्न । प्रचण्डजी पनि नेकपाको अध्यक्षको रुपमा मात्रै जान पाउनुहुन्छ । माओवादी केन्द्रको रुपमा होइन । रिभ्युमा जानको लागि प्राविधिक समस्या छ । रिभ्युमा गइहाले पनि स्टे–अर्डर दिने सम्भावना कम देखेको छु ।’
अदालतले एमाले र माओवादी केन्द्र मिलेर जाने भए एक भएर जानुहोस भनेको उल्लेख गर्दै भण्डारीले भन्नुभयो, ‘तर, उहाँहरु एकताबद्ध भएर जाने अवस्था छैन् । संसद बैठक बहिष्कार गर्नु गलत हो । अध्यादेश त फेल गराएको भए भैहाल्थ्यो नि ।’ उहाँले फेरि संसद् विघटनमा मुलुक जाने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्