सर्वोच्चको फैसलापछि नेकपा एमालेको बोर्ड राख्न थालियो

काठमाडौं– सर्वोच्च अदालतको फैसलापछि पार्टी कार्यालयको बोर्ड परिवर्तन गर्न सुरु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ठाउँमा नेकपा एमालेको बोर्ड राख्न थालिएको छ । मोरङ, काभ्रे, मकवानपुर, नुवाकोटलगायतका जिल्लामा पार्टी कार्यालयको बोर्ड परिवर्तन गरिएको छ ।

सर्वोच्च अदालतले आइतबार नेकपाको नामसम्बन्धी विवादमा ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि पार्टी कार्यालयमा नेकपा एमालेको होर्डिङ बोर्ड राखिएको हो ।

आइतबार साँझ पूर्वएमालेहरूले सर्वोच्चको फैसलालाई स्वागत गर्दै देशका विभिन्न जिल्लामा दीप प्रज्वलनसमेत गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.