एमाले र माओवादी केन्द्र अलग अलग तयारीमा
काठमाडौं- सर्वोच्च अदालतको फैसलापछि साबिकको अवस्थामा फर्किएका नेकपा एमाले र माओवादी केन्द्रका अलग अलग तयारी सुरु भएको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिकरुपमा पार्टीभित्र र आफूपक्षीय माओवादी केन्द्रका नेताहरुसँग छलफल गरिरहनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग छलफल गर्नुभएको छ । सोमबार पनि प्रधानमन्त्रीले उहाँहरुसँग छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्रीले एमाले महासचिव ईश्वर पोखरेल, उपमहाचिव विष्णु पौडेललगायतसँग पनि पार्टीको आन्तरिक संरचना सक्रिय बनाउनेबारे छलफल गर्नुभएको छ ।
माओवादी केन्द्रले पनि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ । बैठकमा भावी रणनीतिबारे छलफल हुने बताइएको छ ।
नेकपा एमालेले पार्टी कार्यालयमा रहेको नेकपाको बोर्डसमेत फेरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्