निर्वाचन आयोगद्वारा नेकपा खारेज, एकीकरण गर्ने भए १५ दिनभित्र आउन सूचना

तिवारीको एमाले र किरातीको माओवादी केन्द्रलाई नाम सच्याउन आग्रह

काठमाडौं– निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले नेकपा नामक राजनीतिक दल उत्प्रेषणको आदेशबाट बदर भएकाले सोही फैसला बमोजिम अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहेको जानकारी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जानकारी गराउने निर्णय गरेको सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्तालाई राजपत्रमा समेत हटाएर प्रकाशन गर्ने निर्णय आयोगले गरेको छ । ‘अब उप्रान्त अलग अलग राजनीतिक दलका रूपमा एकीकरण हुनु अगाडिको साविककै अवस्थामा कायम रहेको व्यहोराको जानकारी संघीय संसद सचिवालय, सातवटै प्रदेश सभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई गराउने,’ बैठकको निर्णयमा भनिएको छ ।

एमाले र माओवादी केन्द्र साविककै अवस्थाभन्दा अगाडि कायम रहेको सूचना पनि राजपत्रमा प्रकाशित हुनेछ ।

आयोगले सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रको दर्ता बदर भएकोले अव यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, १०७४ विपरीत नहुने गरी दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदन दिन सूचना जारी गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.