सत्ता साझेदारी प्रयासः एमाले र जसपाले बनाए वार्ता टोली

काठमाडौं– सत्ता साझेदारी प्रयासका लागि सत्तारुढ नेकपा एमालेले पहल सुरु गरेको छ ।

प्रतिनिधि सभामा बहुमतका लागि १७ सिट अपुग रहेको संसदको सबैभन्दा ठूलो दल एमालेले अन्य दलसँग वार्ता प्रयास सुरु गरेको हो । एमालेले उपमहासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङ रहेको दुई सदस्यीय वार्ता टोली बनाएको छ ।

संसदमा एमालेको १२१ र जसपाको ३४ सिट छ । प्रतिनिधि सभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्दछ ।

एमालेले वार्ता टोली बनाएरलगत्तै जनता समाजवादी पार्टीले नयाँ सरकार गठनलगायतका विषयमा सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न दुई सदस्यीय समिति गठन गरेको छ । वार्ता टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.