प्रदेश कार्यालयमा तोडफोडः कारबाही गर्न रावलको माग

काठमाडौं– सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गर्न माग गर्नुभएको छ ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै घट्नाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पंक्तिलाई पनि जानकारी गराईसकेको रावलले जनाउनुभयो ।

रावलले सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग÷अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपाको विवादसम्बन्धी सर्वोच्च अदालतले रिट निवेदकले माग दाबी गरेको भन्दा बढिनै फैसला दियो । तर, अदालतको फैसलालाई हामीले पालना गरेका छौं । नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.