ग्वार्को पुलको दायाँ बायाँ पैदल यात्रुलाई ट्रस पुल

ललितपुर– ग्वार्को पुलको दायाँ बायाँ पैदल यात्रुलाई ट्रस पुल निर्माण भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं १ र २ तथा ललितपुर महानगरपालिका वडा नं ७ र १७ को बीचमा रहेको कर्मनाशा नदीमाथि रहेको ग्वार्को पुलको दायाँ बायाँ पैदल यात्रुहरूको लागि निर्माण गरिएको ट्रस पुलको महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले उदघाटन गर्नुभएको छ ।

नगर प्रमुख श्रेष्ठले पुलको निर्माणबाट यात्रुहरूको पैदलयात्रालाई सुरक्षित बनाउन, सडक दुर्घटना घटाउन र यस क्षेत्रमा हुने ट्राफिक जामलाई न्युनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

३९ लाख ७५ हजार ५ सय रुपैयाँ लागतमा निर्माण भएको ट्रस पुलको एक तर्फको लम्बाई २४ मीटर, चौडाइ १।५ मीटर, तौल करिब ६ टन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.