म छोड्नेवाला छैनः दाहाल

‘लड्नेवाला छु, एउटा ब्याटल लडेर जितेँ, अरु दुई चार वटा जित्न बाँकी छ’

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले राजनीतिक लडाइँबाट आफू नभाग्ने बताउनुभएको छ ।

नयाँ पुस्तालाई नेतृत्व दिन दबाब परे पनि आफूले नछाड्ने दाहालको भनाइ छ । ‘म छोड्नेवाला छैन,’ माओत्सेतुङले ६७ वर्षमा क्रान्ति गरेको स्मरण गर्दै काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘लड्नेवाला छु । एउटा ब्याटल लडेर जितेँ, अरु दुई चार वटा जित्न बाँकी छ ।’

दाहालले कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रने बताउँदै साथ र सहयोगका लागि कार्यकर्तालाई अपिल गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.