जसपाले संसदीय दलको नेता छान्न सकेन
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेन ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्न सकेन ।
संसदीय दलको नेताका लागि शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र डा. बाबुराम भट्टराई आकांक्षी हुनुहुन्छ ।
बैठकमा संसदीय दलको विधानसमेत प्रस्तुत भएको छ ।
राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र हुनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्