बीबीसीका पूर्वपत्रकार सुशील शर्माको निधन

काठमाडौं– बीबीसीका पूर्वपत्रकार सुशील शर्माको निधन भएको छ ।

६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा शुक्रबार शर्माको निधन भएको हो । उहाँले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराउनुभएको थियो । तीनदिनदेखि उहाँ सोही अस्पतालमा उपचाररत् हुनुहुन्थ्यो ।

राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोर्टस लाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गर्नुभएका वरिष्ठ पत्रकार शर्मा नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रहेर काम गर्नुभएको थियो ।

उहाँको शुक्रबार नै पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । स्व शर्माका श्रीमती र एक छोरा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.