राष्ट्रपतिद्वारा काजी कालु पाँडेको समाधिस्थल अवलोकन
काठमाडौं- ऐतिहासिक तथा रणनीतिक महत्व बोकेको काजी कालु पाँडेको समाधिस्थल रहेको स्थान पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै गइरहेको छ ।
नेपालको एकीकरण र निर्माणका क्रममा अतूलनीय योगदान दिनुभएका विरयोद्धा काजी कालु पाँडेको समाधिस्थल रहेको क्षेत्र ऐतिहासिक र रणनितिक महत्व बोकेको स्थान हो ।
पछिल्लो समय सो स्थान पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै गइरहेको छ । काठमाडौंको दहचोकमा रहेको ऐतिहासिक स्थलको राष्ट्रपति विद्यादेवी भन्डारीले अवलोकन भ्रमण गर्नुभयो । त्यसबखत वहाँले दहचोकमा रहेको काजी कालु पाँडेको समाधिमा माल्यापर्ण गर्नुभयो ।
यस्तै राष्ट्रपति भन्डारीले सो क्षेत्रमा रहेको मनकामना मन्दिरमा पूजा गर्नुका साथै त्यस क्षेत्रमा रहेका इन्द्र इन्द्रायणी मन्दिर, महादेव मन्दिर,इन्द्रदह,कोतघर तथा अन्य सांस्कृतिक सम्पदा, मठमन्दिर तथा पाटी सतलको अवलोकन समेत गर्नुभएको छ ।
काठमान्डौको घुम्नैपर्ने १ सय गन्तव्यको सूचिमा सूचिकृत सो क्षेत्रमा पर्यटकलाई आर्कषित गर्नका लागि भ्यू टावर, मन्दिर लगायतका संरचनाको निर्माण गरिएको छ ।
पर्यटन प्रवद्धनका लागि हरेक वर्ष सो क्षेत्रमा इन्द्रदह पर्यटन महोत्सवको समेत आयोजना गर्ने गरिएको छ । पर्यटकिय र रमणिय स्थलको रुपमा विकास हुँदै गइरहेको सो स्थलको विकासका लागि थप पूर्वाधार निर्माणमा जोड दिइएको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
वि सं २०७२ सालको भुकम्पले सो स्थानमा रहेका अन्य मठमन्दिरमा क्षति पु्र्याएको थियो । ती धार्मिक तथा सांस्कृतिक सम्पदा र मठमन्दिरको पुननिर्माण पनि सम्पन्न भइसकेको छ ।
नेपालको बाइसे, चौबीसे लगायत काठमान्डौ उपत्यकाका राज्यहरुको एकीकरण गरी आधुनिक नेपाल राज्य निर्माणमा काजी कालु पाँडेले योगदान पुर्याउनुभएको थियो ।
कूटनितिज्ञ तथा राजनितिज्ञ काजी कालु पाँडेले वि सं १८१४ साल जेठ १९ गते कीर्तिपुरको युद्धमा वीरगति प्राप्त गर्नुभएको थियो । उहाँले विरगति प्राप्त गरेपछि उहाँकै इच्छा बमोजिम सो क्षेत्रमा उहाँको समाधिस्थल निर्माण गरिएको हो ।-
प्रतिक्रिया राख्नुहोस्