दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणः चिनियाँ विशेष टोली आउने

दैलेख– दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम नतिजा विश्लेषण गर्नका लागि चिनिया विशेषज्ञ टोली पुनः दैलेख आउने भएको छ ।

चैत्र १९ गतेसम्ममा टोली दैलेख आउने गरी जानकारी प्राप्त भएको खानी तथा भू–गर्भ विभाग काठमाडौँले जानकारी दिएको छ । अन्तिम ‘ड्रिलिङ’ लागि सडक यातायात उपयुक्त छ की छैन अन्य पूर्वाधारको तयारी गर्न कतिको सहज वा असहज छ भन्दै टोली आउन लागेको खानी तथा भू गर्व विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिनुभयो ।

अन्तिम सर्वेक्षणको लागि जमिनमुनि ४ किलोमिटरसम्म ‘ड्रिलिङ’ गर्नुपर्ने भएको र सोको सम्भाव्यता अध्ययनका लागि टोली नेपाल आउन थालेको हो । अन्तिम ‘ड्रिलिङ’ प्रतिवेदनका आधारमा दैलेखको कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ छ भनेर टुङ्गो लाग्ने विभागले जनाएको छ ।

पहिलो चरणमा दैलेखका करिब ३ हजार ३ सय स्थानमा ‘ड्रिलिङ’ कार्य सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.