राष्ट्रपतिले प्रमुख राजनीतिक दलसँग आज छलफल गर्नुहुँदै
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गर्नुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग आज अपरान्ह् ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ ।
बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो ।-
प्रतिक्रिया राख्नुहोस्