दाहाल माओवादी केन्द्र संसदीय दलको नेता चयन
दलको प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मा चयन

काठमाडौं– नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन हुनुभएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो । एमालेसँग एकीकरण हुनुअघि पनि उहाँ दलको नेता हुनुहुन्थ्यो । दलको प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मा चयन हुनुभएको छ ।
संसदीय दलको उपनेता र सचेतक चयन भने चयन गरिएएको छैन ।
संसद सचिवालयले संसदीय पदाधिकारीको नाम मागेपछि माओवादी केन्द्रले पदाधिकारी चयन गरेको हो ।






प्रतिक्रिया राख्नुहोस्