२४ घण्टामा ११४ जना कोरोना संक्रमित, ९४ जना संक्रमणमुक्त

काठमाडौं– नेपालमा आज थप ११४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २७९० जनाको गरिएको पीसीआर परीक्षणमा ११४ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ९४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७१ हजार ४ सय ९५ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा कसैको पनि निधन भएन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१४ रहेको छ ।
गत २४ घण्टामा काठमाडौंमा ३४, भक्तपुरमा २ र ललितपुरमा ७ गरी उपत्यकामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्