‘अमेरिकाले ४ वर्ष आरामले निदाउने भए दुर्गन्ध फैलाउने कारक नबन्नू’

उत्तर कोरिया– अमेरिकामा जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएयताको पहिलो प्रतिक्रियामा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले अमेरिकालाई यदि आउँदो ४ वर्ष आरामले निदाउने हो भने दुर्गन्ध फैलाउने कारक नबन्न भन्नुभएको छ ।
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्न लागेको तथा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रक्षामन्तरी ल्योड अस्टिन एसियाली गठबन्धन राष्ट्रको भ्रमणमा आएका बेला कोयाली नेताकी बहिनी तथा उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङले जारी गरेको वक्तव्य उत्तर कोरियाली संचार माध्यमहरुले प्रसारण गरेका छन् ।
अमेरिकी मन्तरीहरु दक्षिण कोरिया र जापान भ्रमणमा निस्किएपछि उत्तर कोरियाबाट अमेरिका विरोधी वक्तव्य जारी गरिएको हो ।






प्रतिक्रिया राख्नुहोस्