सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ८ जना घाइते

सिन्धुली- सिन्धुलीको सदरमुकाम माडी बजारबाट कमलामाई नगरपालिका- ७ बाँस कटेरी जादै गरेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका ७ का रुद्रवहादुर थापा, गिता एस्माली मगर, दुर्गा श्रेष्ठ र उनको २ वर्षी छोरा मनिष श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अरु आठ जना घाइते भएका छन् ।
सदरमुकामबाट यात्रु लिएर घरबाँस कटेरी जाने क्रममा दिउँसो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ ।।






प्रतिक्रिया राख्नुहोस्