नेकपा एमाले माधव नेपाल पक्षीय नेता तथा कार्यकर्ताहरुको राष्ट्रिय भेला ललितपुरमा शुरु

ललितपुर- नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरमा शुरु भएको छ।

आज र भोलि गरी दुई दिने भेलाको आयोजना गरिएको हो ।

मुलुकको बदलिँदो परिस्थितिमा छलफल गर्न र एकीकृत धारणा बनाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गरिएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।

सर्वोच्च अदालतले नेकपाको अस्तित्व खारेज गरेर नेकपा एमाले र नेकपा मा‌ओवादी केन्द्रको अस्तित्वलाई स्थापित गरेपछि यी दुबै दल अहिले आन्तरिक छलफलमा जुटेका छन ।

खासगरी नेकपा एमालेभित्र देखिएको आपसी विवादले पार्टी पंङ्ति नै दुई धारमा देखिन्छ । पार्टीभित्रको मतान्तर मिलाउन लामो समयपछि बसको बैठकले पनि कुनै निष्कर्ष नकिकालेपछि माधव नेपाल पक्षले आजदेखि राष्ट्रिय भेलाको आयोजना गरेको हो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो बालुवाटारमा आयोजना गरिएको चियापान समारोहमा सम्बोधन गर्दै पार्टीको  कुनैपनि अनधिकृत भेलामा नजान पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.