प्रधानमन्त्रीका लागि संघर्ष गरेको होइनः दाहाल
सिन्धुली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि आफुले संघर्ष नगरेको बताउनुभएको छ ।
सिन्धुलीमा प्रेस संगठन नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले विद्यमान राजनीतिक अवस्थाका बारेमा नेपाली कांग्रेस, जसपा लगायतका दलहरुसँग छलफल भइरहेको बताउनुभयो ।
उहाँले दलहरुसँगको छलफल सकारात्मक रहेको र छिट्टै एउटा सहमतिमा पुग्ने अवस्था बनेको जानकारी दिनुभयो । सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापना भएको प्रतिनिधि सभाबाटै राजनीतिक समस्याको निकास खोजिने अध्यक्ष प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्