युरोपेली देशहरुले अक्सफोर्ड एस्ट्राजेनिको खोप पुनः संचालन गर्दै

कोरोना विरुद्ध अक्सफोर्ड एस्ट्राजेनिकाले निर्माण गरेको खोपका कारण रगत जमेको भन्दै खोप कार्यक्रम स्थगित गरेका युरोपेली मुलुकहरुले पुनः खोप कार्यक्रम संचालन गर्ने भएका छन् ।

युरोपेली औषधि सम्बन्धी निकाय इ.एम.एले एस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको र खोपकै कारण रगत जमेको प्रमाणित नभएको बताएको छ ।

१३ युरोपेली देशहरुले रगत जमेको भन्ने हल्लाकै कारण खोप कार्यक्रम स्थगित गरेका थिए । इ.एम.एको प्रतिवेदन आएसँगै खोप कार्यक्रम रोकेका जर्मनी, फ्रान्स, इटाली र स्पेनले पुनः खोप कार्यक्रम संचालन गर्ने जनाएका छन् ।

खोप कार्यक्रम रोकेका युरोपेली देशहरुले कहिले र कसरी पुनः खोप अभियान संचालन गर्ने भन्ने विषयमा सम्बन्धित देशहरुले नै निर्णय गर्ने जनाइएको छ ।

स्वीडेनले पुनःखोप कार्यक्रम संचालन गर्ने विषयमा निर्णय लिन केही समय लाग्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनले एस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभाविकारी रहेको बताउँदै खोप अभियानलाई निरन्तरता दिन युरोपेली देशहरुलाई आग्रह गरेको छ । रगत जम्ने समस्या खोपका कारण नभई अन्य कारणले नै भएको डब्लुएच‌ओले स्पष्ट पारेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.