वन आयोजनाका लागि विश्व बैंकको २ अर्ब ८० करोड सहयोग

काठमाडौं- नेपालको ४५ प्रतिशत भूभागमा बन रहेपनि यसको व्यवसायिक उपयोग हुन सकेको छैन ।

यसैगरी रोजगारी सृजना गर्न नसकेको अवस्थामा विश्व बैंकले समृद्धिका लागि बन आयोजना सञ्चालन गर्न २ अर्ब ८० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

तीन दशक अघि नेपालको कुल भूभागको २६ प्रतिशत भूभाग बन क्षेत्रले ढाकेकोमा अहिले यो ४५ प्रतिशत पुगेको छ । बन व्यवस्थापनको जिम्मा समुदायलाई नै दिइएकाले यस्तो उपलब्धि हात लागेको हो ।

अहिले कुल बन क्षेत्रको ३४ प्रतिशत भूभागको व्यवस्थापन समुदायबाटै भैरहेकोमा पनि दातृ निकायका प्रतिनिधिले सन्तोष ब्यक्त गरेका छन् ।

नेपालको कूल अर्थतन्त्रमा बन क्षेत्रको योगदान बढाउनुपर्ने सुझाव समेत उहाँहरुको छ ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले जन क्षेत्रको उत्पादकत्व बढाई रोजगारीका अवसर सृजना गर्नुपर्ने बताउनुभयो ।

यसैबीच विश्व बैंकले नेपालमा दिगो बन संरक्षणका कार्यक्रम सञ्चालन गर्दै वनमा आधारित निजी क्षेत्रको विकास गर्नकालागि २ अर्ब ८० करोड रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ ।

यसमध्ये ७१ करोड रुपैयाँ अनुदान र २ अर्ब १० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ । यस रकमबाट काठको आयात घटाई बनमा आधारित उद्योगको विकास गर्ने योजना रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.