नेपालसहित चार नेतालाई एमालेको स्पष्टीकरण

नेताहरूका घरमा नै एमाले पार्टी कार्यालयका सहयोगीले पत्र पुर्‍याए

काठमाडौं– नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टी नेता माधवकुमार नेपाल सहित तीन नेतालाई स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ।

असन्तुष्ट समुहका नेताहरुलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाइएको एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभएको छ। नेताहरूका घरमा नै एमाले पार्टी कार्यालयका सहयोगीले पत्र पुर्‍याएको पनि उहाँले जानकारी दिनुभयो ।

नेता माधवकुमार नेपाल पक्षले गत साता राष्ट्रिय कार्यकर्ता भेला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पूर्व पार्टी महासचिव नेपाल सहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाएको कार्यालय सचिव रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.