काठमाण्डौँ बाहिरको अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण
चितवन-काठमाण्डौँपछि पहिलो पटक चितवनमा कलेजोको प्रत्यारोपण सफल रुपमा गरिएको छ ।
चितवन मेडिकल कलेजका डाक्टर सञ्जय यादब, डाक्टर उकानन्द सिंह लगाएतका १२ जनाको टोलीले यही चैत ८ गते भरतपुर महानगर पालिका १० स्थायी घर भई हाल काठमाण्डौं बस्दै आउनु भएकी बर्ष ५४ की धनकुमारी लामाको शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको हो ।
धनकुमारी लामालाई उहाँकी छोरी उषा तामाङ्गले प्रत्यारोपणको लागि कलेजो प्रदान गर्नु भएको थियो ।
२ बर्ष अगाडि अनुमति लिएर चितवन मेडिकल कलेजले लामो समय आन्तरिक तयारी र आबश्यक उपकरण तथा दक्ष जनशक्ति तयार पारेर कलेजो प्रत्यारोपण गर्न सफल भएको अस्पतालका अध्यक्ष हरिष न्यौपानेले बताउनु भयो ।
योसहित नेपालमा कलेजो प्रत्यारोपण आठ जनामा भएको चिकित्सक सञ्जय यादबले बताउनु भयो ।
कलेजो प्रत्यारोपणको लागि अब बाहिर जानु नपर्ने र बिदेशको तुलनामा नेपालमा नै सस्तोमा कलेजो प्रत्यारोपण हुने चिकित्सकहरु बताउँछन ।
भारतमा कलेजो प्रत्यारोपण गरेको ५० लाख भारु पर्ने गरेकोमा अब २५ लाख नेपाली रुपैँयामा गर्न सकिने अस्पतालले जनाएको छ ।
यो कलोजो प्रत्यारोपणको लागि १२ घण्टा लागेको थियो ।
कलेजो प्रत्यारोपण गरिएकी धनकुमारी र कलेजो प्रदान गर्ने उषा तामाङ्ग दुबैको अबस्था राम्रो रहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्