प्रधानमन्त्रीले बोलाउनुभयो संसदीय दलको बैठक

काठमाडौं– प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाउनुभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

प्रतिनिधि सभामा नेकपा एमालेका १२० जना सांसद हुनुहुन्छ ।

प्रतिनिधि सभा पुनःस्थापनापछि दलको बैठक तीन पटक बसिसकेको छ । दलको विधान संशोधनको गृहकार्य भइरहेको भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.