गृहमन्त्रीले सडकमै पुगेर भन्नुभयो, ‘रेशम चौधरी रिहाइको माग वार्ता र संवादबाटै’
काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले सांसद रेशम चौधरीको रिहाइको माग वार्ता र संवादबाटै पूरा हुने बताउनुभएको छ ।
चौधरीको रिहाइको मागसहित भइरहेको धर्नास्थलमा पुगेर उहाँले वार्ता र संवादबाटै समस्याको हल गर्नुपर्नेमा जोड दिनुभयो । ‘तपाईंहरुको मागमा सरकारको ध्यान गएको छ, म सरकारको तर्फबाट र प्रधानमन्त्रीको तर्फबाट उपस्थित भएको छु,’ उहाँले भन्नुभयो, ‘वार्ता कमिटी गठन गरेर संवाद र वार्ताबाटै हल गर्नु उपयुक्त हुन्छ ।’
गृहमन्त्रीले चौधरीको रिहाइको मागलाई राजनीतिक, कानूनी र प्रशासनिकरुपमा हल गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्