कहिलेदेखि हट्छ काठमाडौंमा लागेको बाक्लो तुँवालो ?
काठमाडौं– काठमाडौँ उपत्यकाको आकाशमा लागिरहेको बाक्लो तुवाँलो सोमबारपछि मात्र हट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता समेत घटेको छ । विभागका मौसमविद् गङ्गा नगरकोटीले सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्कँदा आँखा पिरो हुने र स्वासप्रस्वासमा समस्या देखिन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन आग्रह गरेको छ । प्रतिकूल मौसमककै कारण दुई दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान समेत प्रभावित भएको छ ।
भिजिबिलिटी कम हुँदा मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान नियमित हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्